arrow

चलचित्र 'पद्मावती'को सेटमा निर्देशक भंसालीले खाए कुटाइ, सामाजिक सञ्जालमा हंगामा

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
bhansali.jpeg
एजेन्सी । राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा  निर्देशक संजय लीला भंसाली माथि कुटपिट भएपछि बलिउडका हस्तिहरुले कडा प्रतिक्रिया दिएका छन् ।  कयौ चलचित्र  निर्देशहरु  र कलाकारले उनलाई समर्थन गर्दै ट्वीट गरेका छन् । 
 
निर्देशक संजय लीला भंसाली जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङमा रहेका छन् । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् । 
 
चलचित्र निर्देशक अनुराग कश्यपले ट्विटमा लेखे , "करणी सेना माथि लाज लाग्छ , तिम्रो कारण मलाई राजपूत हुनमा लज्जाबोध छ  . कायर मान्छे ।"
 
त्यस्तै अभिनेता ऋतिक रोशनले ट्वीट गर्दै , "भंसाली सर, म तपाईको पक्षमा छु । यो कुरा कति रिस उठने बिषय छ । " लेखेका छन् । 
 
निर्माता तथा निर्देशक करण जौहर ले ट्विट गर्दै , "संजय लीला भंसालीसँग जे भयो त्यसले म दुखि छु । भने, भने निर्देशक फरहान अख़्तरले ट्वीट गर्दै , "चलचित्र इन्डस्ट्रीका साथिहरु , यदि  हामि  डराउने धमकाउनेको पटक-पटक हुने घटना बिरुद्ध एक भएनौ भने  हालात खराब हुनेछ ।" भनेका छन् । 
 
अभिनेत्री आलिया भट्टले लेखिन् , "पद्मावतीको सेटमा जे भयो त्यो हास्यास्पद छ ।  रचनात्मक स्वतन्त्रता र सिनेमा लाइसेन्स  जस्ता कुनै चीज हुन्छन् । कलाकार वा कोहि  गुण्डाको कृपादृष्टि हुन सक्दैन । "
 
यसैगरि चलचित्र निर्देशक रामगोपाल वर्माले लेखे , "भन्साली एक कलाकार हुन् र कुनै पनि देश आफ्नो  कलाकारोलाई सडकछाप गुण्डा देखि रक्षा गर्न सक्दैन भने त्यसलाई  देश भन्न सकिन्न . " लेखेका छन् । 
 
 राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा भंसाली  माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको छ । 
 
समाचार एजेन्सी पीटीआईका अनुसार उनको सेटमा  हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका छन् । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले  तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका हुन्  । 
रणवीर सिंह और दीपिका पादुकोण
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ