arrow

सुटिङ बन्द गरेर फर्किए भंसाली, 'पद्मावती र अलाउद्दीनको कुनै सम्बन्ध छैन'

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
bhansali-(1).jpeg
एजेन्सी । चलचित्र 'पद्मावती' मा ऐतिहासिक तथ्यलाई तोडमोड गरेको बिषय  निराधार भएको  निर्देशक संजय लीला भंसालीले बताएका छन् । भंसालीले जुन दृश्यलाई लिएर राजपूत करणी सेनाले आपत्ति  जनाएको छ सो दृश्य चलचित्रमा नरहेको जनाएका छन् । करणी सेनाले भंसालीलाई सत्यतथ्यलाई तोडमोड गरेको आरोप लगाएका छन् ।  चलचित्रमा पद्मावती र अलाउद्दीन खिलजीबीच प्रेम सम्बन्ध देखाइदैछ , भंसाली भन्छन्- बास्तवमा पद्मावतीले आफुलाई अलाउद्दीन खिलजीबाट बचाउन  हजारौ  अन्य महिलाहरुसँगै आगोमा ज्यान दिएकी थिइन् । 
 
विवाद माथि सफाई दिदै भंसालीले भने-'कसैको भावनामा चोट पुर्‍याउने मेरोआशय होइन । चलचित्रमा पद्मावती र अलाउद्दीन खिलजीबीच कुनै  प्रेम सम्बन्ध जस्ता दृश्य रहेका छैनन् ,फेरी कुन कुरालाई लिएर विवाद हुदैछ मैले यो बुझ्न सकेको छैन।'
रणवीर सिंह और दीपिका पादुकोण
उनले भने -'ऐतिहासिक घटनाहरु माथि चलचित्र बनाउनु भन्दा पहिले हामि  सबै तथ्यको बारम्बार अध्ययन गर्छौ , त्यसपछि अघिल्लो काम सुरु हुन्छ । हामि सबै धर्मको सामान आदर गर्छौ । कसैको भावना माथि चोट पुर्‍याएर चलचित्र बनाउने बिषयमा हामिले कहिले पनि सोचेका छैनौ ।' भंसालीले भने चलचित्र मध्यम परिवारका व्यक्तिहरु सम्म ऐतिहासिक घटनाको जानकारी होस भनेर  प्रयास गरिएको हुन्छ ।
 
राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा  निर्देशक संजय लीला भंसाली माथि कुटपिट भएपछि शनिबर देखि सुटिङ रद्द गरेका छन् । साथै उनले भविषयमा जयपुरमा कुनै प्रकारको चलचित्रको सुटिङ नगर्ने बताएका छन् । चलचित्रमा मुख्य भूमिका निभाउने  अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले करणी सेनाको आरोपलाई मिथ्या भनेका छन् । 
 
समाचार एजेन्सी पीटीआईका अनुसार 'पद्मावती' को सेटमा  हमला गर्न करणी सेनाले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका छन् । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले  तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ