इलामको अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा
प्रकाशित मिति : २०७३ माघ १६ आइतबार

इलाम । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।
९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए । अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नंबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ । अप्परमाईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताए ।
अप्परमाई उत्पादित ९.९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत् करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">