arrow

महानगरले रद्द गर्‍यो खप्तड बजारको नक्सा

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार अगाडि रहेको खप्तड बजारको विवादित जग्गामा सर्वोच्च अदालतको आदेश विपरित बनेका भवनहरु निर्माणको लागि दिईएको नक्सा स्वीकृति रद्द गरेको छ । महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अदालतको आदेश पाएसँगै गत माघ १२ गते नै महानगरपालिकाले नक्सा स्वीकृति खारेज गरेको जानकारी दिए । 
 
कार्यकारी प्रमुख तामाङले अदालतको आदेश नपाउँदै नक्सा स्वीकृति दिएको भएपनि अदालतको आदेश पाएसँगै महानगरले नक्सा स्वीकृत रद्द गरेको तामाङले जानकारी दिए । 
 
नेशनल ट्रनिङ र समाज कल्याण परिषद् मध्ये जग्गा कसको हो भन्ने विषयमा विवाद जारी रहेकोले सो जग्गामा अहिले तत्कालको लागि कुनैपनि भौतिक संरचना बन्न नदिन ११ महिना अघि सर्वोच्च अदालतले सरकारको नाममा आदेश गरेको थियो । जसमा महानगरपालिकाले भने खप्तड बजारमा भौतिक संरचना निर्माण गर्नको लागि स्वीकृति दिएको थियो । 
 
यसको स्वामित्वमा समेत विवाद रहेको उक्त जग्गामा स्वामित्वको विषयमा कुरा नमिलेसम्म कुनैपनि भौतिक संरचना निर्माण नगर्नको लागि सर्वोच्च अदालतले २०७२ साल पुष ८ गते सर्वोच्च अदालतका न्यायाधीसद्वय प्रमोद कुमार श्रेष्ठ बैद्य र डिल्लीराज आचार्यको संयुक्त इजलासले सो स्थानमा घर टहरा बनाउन आवश्यक पर्ने नक्सा पास नहुँदै निवेदकले आरम्भ गरेको निर्माण कार्य रोक्न सम्बन्धित पदाधिकारी एवं निकायको नाममा आदेश जारी गरेको थियो।
 
यस विषयमा हाम्राकुरा डट कमले पनि केही दिन अघि समाचार प्रस्तुत गरेको थियो । उक्त समाचार पछि नेसनल ट्रेनिङले पनि उक्त्त नक्सा रद्द गर्न आग्रह गर्दै काठमाडौ महानगरपालिकाको नाममा पत्र लेखेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ