arrow

मङ्गलबारे अस्पतालमा रेबिज सुईको अभाव, निःशुल्क पाउने सुईलाई क्लिनिकमा ६००

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
rabies-vaccine.jpeg
उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । 
 
महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् । निःशुल्करुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका छन् । 
 
सरकारको सरुवा रोग नियन्त्रण महाशाखाले पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरबाट अस्पताललाई मासिक १५० डोज आउने सुई ३० जना बिरामीलाई मात्र पुग्छ । 
 
मङ्गलबारे अस्पतालमा दैनिक दुईजना बिरामी रेबिज रोगविरुद्धको सुई लगाउन आउने गरेको अस्पतालका निमित्त प्रमुख डा राज झाले बताए । 
 
उनले भने– “बिरामीको सङ्ख्या मासिक ६० भन्दा बढी हुन्छ । सरकारले उपलब्ध गराएको सुईले ३० जनालाई मात्र पुग्छ ।” रेबिज रोगविरुद्धको सुई पहिलो, तेस्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ । 
 
मङ्गलबारे अस्पतालमा झापाको दमक, इलामको साक्फारासहित मोरङको इटहरा, सिजुवा, मधुमल्ला, रमितेखोला, लेटाङभोगटेनीलगायतका क्षेत्रबाट पनि बिरामी रेबिज सुई लगाउन आउने भएकाले सुई अभाव भएको डाक्टर झाले बताए । 
 
मोरङ जिल्लामा कोसी अञ्चल अस्पताल, रङ्गेली अस्पताल र मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्धको सुई निःशुल्क रुपमा उपलब्ध हुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ