arrow

तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबलमा विभागीय टोली विजयी

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
football-1.jpg.jpeg
काठमाडौँ । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएको छ । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको प्रतियोगितामा एपिएफको महिला फुटबल टोलीले पश्चिमाञ्चल महिला फुटबल टोलीलाई १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 
 
त्यसैगरी सोही प्रतियोगिताअन्तर्गत लगनखेलमा आजै भएको अर्को आर्मीले सुदूरपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पनि समान १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु एक लाख पाउने छ । 
 
त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५०/५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नेछन् । यही पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीको सहभागिता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ