arrow

“सुविसु क्यान ईन्फोटेक २०१७" सम्पन्न

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
canlast-day.jpeg
काठमाडौं ।   सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" सम्पन्न भएको छ । प्रदर्शनीको मंगलबार अन्तिम दिन ५५ हजार ७ सय १३  जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीमा कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । 
 
यसपटकको मेलामा अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव सोमलाल सुवेदी,परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतज्यू, , जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीज्यू, सभासद उदय शमशेर राणाज्यू, उद्योग मन्त्री नविन्द्रराज जोशी, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल , सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मीश्र, कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, दिपकराज गिरी, दिपाश्री निरौला, अनपविक्रम शाही, आयुष देशराज श्रेष्ठ जोशी, राष्ट्रिय जुडो खेलाडी फुपु ल्हामु खत्रीलगायतले इन्फोटेकको अवलोकन गरे ।
 
 २३औं संस्करणको ईन्फोटेकमा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका थिए  । सुविसु केवलनेटले प्रदर्शनीमा इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा ल्याएको  थियो  ।
 
यस पटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखियो । हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका स्टलहरुमाअवलोकनकर्ताको भरिभाउ देखियो । त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरु भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोरजी अफरमा विशेष आकर्षण देखियो ।
 
साथै हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करण माघ १६ र १७ गते होटल सोल्टीमा आयोजना गरिएको थियो । यसपटकको संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’ (आइसिटी फोर डी) रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।
 
१३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भएको प्रदर्शनी मेलाको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाठन गरेका थिए । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ