arrow

उमेरहद नबढाउन लोकसेवा आयोगको सुझाव

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
loksewa-aayog.jpeg
 काठमाडौं । कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पु¥याउने गरी हुन लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ ।
 
दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो ।
 
मन्त्रिपरिषद्ले तत्काल उमेर बढाउँदा के असर पर्छ भन्दै लोकसेवा आयोगसँग परामर्श मागेको थियो ।
 
लोकसेवाले संघीय लोकसेवा आयेग गठनको तयारीमा रहेका बेला तत्काल कर्मचारीको उमेरहद बढाउन उपयुक्त नहुने सझाब दिएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ