arrow

स‌ंसदले कार्यसूची पाएन

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
samsad-bhawan.jpeg

काठमाडौँ । राज्य व्यवस्था समितिले व्यवस्थापिका– संसद् बैठकमा स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरेको छ । राज्य व्यवस्था समिति सभापति दिलबहादुर घर्तीले ‘स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ सदन समक्ष पेश गरेका हुन् ।

विधेयकमाथि संशोधनसहितको सुझाव प्रस्तुत गर्न सांसद आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा उपसमिति गठन गरी प्रतिवेदन तयार गरिएको सभापति घर्तीले जानकारी दिए । वुधबारको बैठकमा शून्य र विशेष समय खुला गराइएन भने अन्य कार्यसूची रहेन । संसद्को अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ