arrow

चीनबाट अर्को नयाँ विमान आयो, विमानको नामै गौँथली

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
y-12-E.jpeg

काठमाडौं । नेपाल वायुसेवा निगमले चौथो चिनियाँ विमानका रुपमा वाइ–१२ ई भित्र्याएको छ । विमानको नाम गौँथली राखिएको छ । चीनको कुन्मिङ्बाट नेदरल्याण्ड्सका पाइलटहरु रोबर्टस् भर्बोंक र मार्क अबोनचुरले वुधबार बर्मा, भारतको कोलकाता हुँदै हवाई मार्गबाट काठमाडौंमा ल्याइ पुर्‍याएका हुन् ।

नागरिक उड्डयन मन्त्री जीवन शाहीले चीनबाट ल्याउने सम्झौता भएका ६ मध्ये चार वटा विमान आइपुगेको र वाँकी दुई वटा पनि अबको ६ महिना मित्रै भित्रने बताएका छन् । १६ सिट क्षमताको विमान सहुलियतपूर्ण ऋणमा नेपालले चीनसँग खरिद गरेका चार मध्ये एक हो । यसअघि एउटा वाइ–१२ आइसकेको थियो । अब दुईटा वाइ–१२ विमान आउन बाँकी छ ।

सरकारले २०७० मंसिरमा चीनले बनाएका दुई वर्ग फिलिटका ६ वटा विमान,  दुईटा एमए–६० र चार वटा वाइ–१२ ई का लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ हाराहारीको ऋण तथा अनुदान सम्झौता गरेको थियो । सम्झौता अनुसार ६० प्रतिशत रकम गइसकेको मन्त्री शाहीले बताएका छन् । बाँकि रकम पनि प्रक्रियामा रहेको मन्त्री शाहीको भनाई छ ।

२ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण हो । अनुदानमा दिएका दुई विमान मध्ये २०७१ वैशाखमा ५६ सिट क्षमताको एमए ६० र २०७१ को कात्तिकमा दुर्गम उडानका लागि १६ सिट क्षमताको वाइ–१२ ई विमान नेपालले भित्र्याएको थियो ।

सहुलियत ऋणमा किनेको तेस्रो एमए–६० गएको बिहीबार साँझ नेपाली पाइलटले कुन्मिङ्बाट बंगलादेशको ढाका हुँदै काठमाडौंमा ल्याएका थिए । निगमसँग आन्तरिक रुटकालागि दुइवटा क्यानेडियन ट्विनअटर र चारवटा चिनियाँ विमान गरी ६ वटा जहाज भएका छन् ।

सबै भन्दा बढी आन्तरिक जहाँज भएको बुद्ध एयरसँग आठवटा विमान छन् । तारा र यती एयरसँग आन्तरिक रुटकालागि ६–६ वटा विमान छन् । निगमसँग अन्तर्राष्ट्रिय रुटका लागि एउटा बोइङ– सेभेन फिफ्टी सेभेन (७५७) र दुईटा एयरबस ए–थ्री ट्वेन्टी (३२०) जहाज छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ