arrow

स्थानीय तह निर्वाचनको मिति आजै घोषणा हुने सम्भावना

बैठक अपरान्ह ४ बजे

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
pm-office-and-council-of-ministries.jpeg
काठमाडौं । मन्त्रीपरिषदको बिहीबार बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । सोही अनुसार तयारी भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार निर्वाचनको घोषणा गरे पनि मिति तोक्ने विषयमा अझै अन्योल कायमै छ । 
 
मन्त्री परिषद बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
 
सरकारले आगामी जेठ २० गतेसम्ममा चरणबद्ध गरी निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न निर्वाचन आयोगलाई पत्र दिन लागेको बुझिएको छ ।
 
निर्वाचन घोषणा गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आलोचना खेप्दै आएका छन् । प्रचण्डले फेरि आफूले अपजशे जिम्मेवारी बहन गर्ने भन्दै जसरी पनि चुनावको मिति घोषणा गर्ने बताइसकेका छन् । 
 
माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा हुने मन्त्रीपरिषदका सबैजसो सदस्यले भाषण गर्दै आए पनि सो समयपछिमात्र प्रचण्ड तातेका छन् । 
 
उनले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवसंगसमेत निर्वाचनबारे परामर्श गरिसकेका छन् । 
 
सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेसहितका दलले तत्काल चुनाव घोषणा गर्न दबाब दिँदै आएका छन् ।
 
संविधान संशोधन नभएसम्म चुनाव गर्न नदिनेमा मधेसी मोर्चा भने चट्टानझैं खडा हुने बताइसकेको छ । मधेसी मोर्चाले आगामी आइतबारसम्म आफ्ना मागहरु संवोधन गर्न सरकारलाई अल्टिमेटम दिइसकेको छ । 
 
स्रोतका अनुसार स्थानीय तह निर्वाचनको घोषणा गरेपछि प्रतिपक्षी एमाले खुशी हुने र त्यसपछि संशोधनका लागि माहोल बनाएर सामान्य हेरफेर गरी मधेसी मोर्चालाईसमेत समेटेर लैजाने कसरतमा प्रचण्ड रहेको बुझिएको छ ।
 
यसमा प्रचण्ड रणनीति सही ठहरियो भने फेरि एक पटक राजनीतिले सही ट्रयाक पक्रन सक्ने विश्लेषण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ