arrow

व्यवस्थित बन्दै जिल्ला अस्पताल पाँचथर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ २० बिहिबार
panchthar-district-hospital.jpeg
पाँचथर । केहि महिना अघिसम्म अस्पताल परिषर वरीपरि यत्रतत्र छरिएको फोहोर,अस्पतालका शौचालय नियमित सरसफाई नहुँदा शौचालय गइसक्नुथिएन्,पछि चौतर्फी अस्पतालमा फोहोर हुँदा अस्पताल प्रशासन तथा समितीले कुनै चासो नदेखाएको भन्ने चौतर्फी गुनासो वढेपछि अहिले सरसफाईको अभियान नै संचालन गरिएको छ ।
 
जिल्ल अस्पताल प्रमुख डाक्टर पवन कुमार शाह भन्छन् ,“पहिल्यै र अहिलेको अस्पतालमा धेरै परिवर्तन ल्याइसकेको छौ,आफू पहिले सरुवा भएर जिल्ला अस्पताल पाँचथर आउँदा विरामीले प्रयोग गर्ने शौचालयमा गइसक्ने अवस्था थिएन्,अस्पताल परिषरमा पनि फोहोरका कारण अस्पताल नै कुरुप थियो,तर अहिले अस्पतालले काँचुली नै फेरेको छ भन्दा फरक पर्देन्,अहिले अस्पतालको फोहोर सरसफाई गरेर वरीपरी फूल रोपिएको छ ।
 
 शौचालयको सेफ्टी ट्याकी भरिएकोले अर्को सेफ्टी ट्ंयाकी बनाउन लागिएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर शाहले वताए । यति मात्रै नभएर अहिले अस्पतालमा टिकट विलिङ पनि कम्प्यूटर बाट गर्न थालिएको छ,डेन्टलका विरामीहरुलाई पनि सर्भिस दिन थालिएको छ ।
 
यस्तै केहि महिना अघि जिल्ला अस्पताल पाँचथर लगायतका अन्य स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भएको थियो तर अहिले २१ लाख रुपैयाको औषधी ल्याइएको र अव दुई महिना सम्म पुग्ने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका स्टोर किपर अर्जुन दाहालले वताए ।
 
यस्तै अवको दुई महिना भित्रै अस्पताल भित्रै फार्मेसी समेत संचालन गर्ने तयारीका साथ काम अघि वढिरहेको अस्पताल विकाश समिती पाँचथरका अध्यक्ष दिपक नेपालले वताए । अन्य मेडिकलहरुको तुलनामा यहिँ फार्मेसी बाट औषधीहरु खरिद गर्दा २० प्रतिशत सम्म सेवाग्राहीलाई सस्तो पर्ने अस्पताल प्रशासनले जनाएको छ । 
 
यस्तै हेल्थ पोष्टमा मात्रै गर्भपतन सेवा दिइँदै आएकोमा अव फागुन १ गतेदेखि अस्पतालले नै १२ हप्ता सम्मको गर्भपतन गर्न सक्ने सेवा प्रदान गर्ने डाक्टर शाहले वताए । यस्तै बेडहरु समेत अपुग भएर विरामीको चाप वढ्दा भुईमा राखेर उपचार गराउनुपर्ने वाध्यता रहेको थियो तर अहिले बेडहरु पनि थपेको तथा आवश्यक उपकरणहरु पनि थप गरेको उनले वताए । अहिले जिल्ला अस्पताल बाहेक जिल्लाको अन्य स्वास्थ्य संस्थाहरुमा गरेर झण्डै एक सय जना जति कर्मचारी रिक्त रहेका छन् । तर पनि सवै स्वास्थ्य संस्थाहरुमा ब्यवस्थित ढंगबाट काम भइरहेको उनले वताए ।
 
पहिलको भन्दा अहिले जिल्ला अस्पताल पाँचथर अन्यन्तै ब्यवस्थित भएको वताउछन् , गैर सरकारी संस्था महासंघ जिल्ला अध्यक्ष बालकृष्ण ओझा,उन भने,“पहिलको तुलनामा पछिल्लो समय डाक्टर पवन कुमार शाह आइकन धेरै नै अस्पतालको काम भएको छ,अव अस्पताल विकाश समितीको अध्यक्ष पनि नयाँ आइसक्नु भएकोले अव अस्पताललाई अझै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक छ ।”
 
 जिल्ला अस्पताल पाँचथर १५ शैयाको मात्रै भएकोले अव यसलाई ५० शैयाको बनाउन प्रक्रिया अघि वढेसकेकोले यसका लागि सम्वन्धित मन्त्रालयले पनि चासो दिएर जति सक्दो चाँडो पचास शैयाको बनाइदिए पूर्वी पहाडि पाँचथर,तेह्रथुम र ताप्लेजुङका स्थानियलाई धेरै राहात हुने र्भखरै अध्यक्ष बन्नुभएका अस्पताल विकाश समिती अध्यक्ष नेपालले वताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ