arrow

विप्लव माओवादीको गृहमन्त्रीलाई चेतावनी, मन्त्रिपरिषद्मा कुरा काटेको आरोप

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
b96a9d6bd1c1639f17f450eb1d0e61321486112106.jpeg

काठमाडौं । बिहीबारको मन्त्रिपरिषद्मा आफ्नो कुरा काटेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओबादीले गृहमन्त्रीलाई चेतावनी दिएको छ । मन्त्रिपरिषद्मा विप्लव माओबादीको कारण मुलुकको सुरक्षामा चिन्ता बढेको चर्चा चलेको समाचार सार्वजनिक भएपछि शुक्रबार विप्लवद्वारा जारी विज्ञप्तीमा आफ्नो पार्टी विरुद्ध राज्यले केही समयदेखि धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको आरोप पनि लगाएको हो ।

शुक्रबार राज्य विखण्डनको माग राख्दै आएका सिके राउत पक्राउ परेपनि विप्लव माओबादीको कारण मुलुकमा सुरक्षा चिन्ता बढेको विषयमा मन्त्रिपरिषद्मा छलफल भएको कुरा बाहिर सार्वजनिक भएको थियो ।

विप्लवद्वारा जारी गरिएको विज्ञप्तीमा नेकपा माओबादी राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सार्वभौमसत्ता र एकताको पक्षमा अग्रभागमा रहेको बताईएको छ । कालोबजारी र मूल्यबृद्धि विरूद्ध संघर्ष गरिररहेको आफ्नो पार्टी प्रति यस्तो आक्षेप लगाईएकोमा उनले गृहमन्त्री निधिको ध्यानाकर्षण पनि गराएका छन् ।

फाल्गुन १ देखि १० गतेसम्म हुन लागेको आफ्नो महाधिवेशनलाई लक्षित गरेर सरकारले आफू विरुद्ध यस्ता लाञ्छना लगाउन थालेको भन्दै उनले आफ्नो महाधिवेशनमा सरकारले कुनैपनि तवरले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ