arrow

कालोबजारी बन्द नगरे सुन व्यवसायी आमरण अनसन बस्ने !

सर्राफले यस अघि पनि पटकपटक अनसन बस्ने चेतावनी दिएका थिए

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
gold-plate.jpg.jpeg

काठमाडौं । सबैले सुनचाँदीमा कालोबजारी भन्ने वित्तिकै व्यवसायीहरुलाई आरोप लगाउने गर्दछन् । विक्री गर्ने विक्रेताले क्रेतालाई कालोबजारी गरी बढी भाउमा विक्री गर्ने हो भन्ने सामान्य बुझाईको विपरित हुने गरी सुनचाँदी व्यवसायीहरुले भने सरकारले कालोबजारी अन्त्य नगरे त्यसको विरुद्ध आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन नै गरेर सुन चाँदी व्यवसाय पीडित संघर्ष समितिले सुनमा भएको कालोबजारी अन्त्यका नगरे आमरण अनसन बस्ने चेतावनी दिएको हो ।

संघर्ष समितिका अध्यक्ष हरिशंकर सर्राफले कालो बजारीलाई जेल चलान गर्नुपर्ने, राज्यद्धारा आवश्यक सुन वितरण गर्नुपर्ने, वैज्ञानिक गहना निर्दे्शिका लागु नगरे आमरण अनसन बस्ने चेतावनी दिए ।  समितिले यी लगायत ५ बुँदे माग अघि सार्दै तोकिएको मितिमा यी मागहरु पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएको हो ।

अध्यक्ष सर्राफले सुनचाँदी व्यवसायीले महिनामा ५० ग्राम सुन लिएर बर्षमा २० लाख कारोबार गरेको भनेर कर तिर्नु परेको गुनासो पोखेका छन् । सर्राफले यस अघि पनि सुनचाँदी व्यवसायसँग सम्बन्धित दुईवटै महासंघलाई कालोबजारीको अन्त्य गराउन कुनै पहल नगरेको भन्दै आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

पछिल्लो समय माघ १७ गते त्रिपुरेश्वरमा भएको दुबै सुनचाँदी व्यवसायीहरुको सम्मेलनमा पनि उनले आमरण अनसन बस्ने चेतावनी दिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ