arrow

च्यातिएको पर्दामा दर्शक रमाउँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
603974868.jpeg
काठमाडौं । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलले यस सिजनको अन्तिम नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको छ । असोज १२ देखि मञ्चन सुरु गरेको यस नाटक अन्य नाटकघरमा नाटक स्थगित भएको अवस्थामा समेत मञ्चन भइरहेको हो । नेपाली रंगमञ्चका चर्चित नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेखेको यस नाटक लाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गरेका छन् ।
 
एक इज्जतदार घरको दुर्दशाको चित्र यस नाटकमा छ । यस घरका प्राणीहरु विवशतापूर्वक अधोगतिमा गएका देखिन्छन् । र यिनीहरुको इज्जतको पर्दा दिनदिनै च्याति“दै गएको छ । अझ सबभन्दा चुत्थो कारण त यही छ कि – सचेत हु“दाहु“दै पनि र नचाह“दा नचाह“दै पनि यिनलाई समाजले तुच्छ ठानेको काम गरेर जीन्दगी गुजार्नुपर्दछ । नाटकका हरेक पात्रभित्र एउटा छटपटि छ । जुन छटपटिमा आजको यथार्थ देख्न सकिन्छ । नाटक धेरैअगाडि लेखिएको नाटकलाई मञ्चन गर्ने क्रममा समसामयिक बनाउने प्रयास र सोहीअनुरुप नाट्य परिकल्पना गरिएको निर्देशक सुदाम सिकेले बताए ।
रंगमञ्चमा प्रभावशाली कलाकारका रुपमा स्थापित सुदाम सिकेको यो पहिलो निर्देशन प्रयास हो । एम के रैना, नसुरुद्धिन शाह, अनुप बरालजस्ता हस्तीहरुबाट प्रशिक्षित सिके अनुप बरालको नाटक कोर्टमार्सल, एम के रैनाको नाटक अन्धो युगका साथै फिल्महरु टलकजंग भर्सेस टुल्के, होस्टल रिटन्र्सका प्रभावशाली कलाकार हुन् ।
 
नाटक ‘च्यातिएको पर्दा’मा आकृति श्रेष्ठ, विजया कार्की , केदार श्रेष्ठ, जीवन भट्टराई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिनलजंग गुरुङ, सञ्जिता सञ्जी अभिनयमा उत्रेका छन् । आधा सुरको प्रत्यक्ष गीतसंगीत यस नाटककमा पनि देख्न र सुन्न पाइन्छ । १ घण्टा लामो यही असोज २५ गतेसम्म थिएटर मलमा सा“झ ५ः३० बजे मञ्चन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ