arrow

‘उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदैन’: स्वास्थ्यमन्त्री थापा

logo
प्रकाशित २०७३ माघ २१ शुक्रबार
Gagan-dai-haihai.jpg.jpeg
फलेवास (पर्वत) । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका छन्  । 
 
दक्षिण पर्वतस्थित नेपाल तारा माविमा आयोजित महायज्ञको समापन कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अबदेखि उपचारका अभावमा कोही नेपालीले अकालमा मृत्यु हुन नपर्ने गरी आफूले स्वास्थ्य नीति ल्याउन खोजेको जानकारी दिए ।
 
मन्त्री थापाले सबै जिल्ला अस्पताललाई ५० शय्याको बनाउने गरी सरकारले योजना बनाउन लागेको र निकट भविष्यमै सबै प्रकारका सेवालाई जिल्लाबाट नै प्रवाह गर्ने गरी आफूले योजना बनाएको समेत बताउनुभयो । सात दिनसम्म सञ्चालित महायज्ञमा झन्डै रु दुई करोड सङ्कलन भएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ