arrow

साफ च्याम्पियनसिप सुरु, नेपालको पहिलो भेट बलियो श्रीलंकासंग

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
football.jpg.jpeg
काठमाडौं । भारतको केरलामा वुधबार (आज) बाट ११ औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप सुरु हुँदै छ । भारतको केरलास्थित त्रिबेन्द्रममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपाल र श्रीलंका भिड्दैछन् । साँझ पौने सात बजे हुने खेलमा नेपाल जितको खोजीमा छ । अन्तर्राष्ट्रिय खेल मिलेमतो प्रकरण र एन्फा अध्यक्ष गणेश थापा फिफा प्रतिबन्धमा परेपछि आलोचित बनेको नेपाली फुटबललाई साफ फुटबल छवि सुधारको अवसरको रुपमा हेरिएको छ । नेपाली फुटबल र श्रीलंकाबीचको यसअघि भएका खेल र विकासक्रम हेर्दा सार्क छिमेकी श्रीलंका बलियो देखिन्छ ।
 
नेपाल र श्रीलंकाको फुटबल टोलीबीच अहिले सम्म भएका १३ मध्ये नेपालले दुई खेल मात्रै जितेको छ । ६ खेल बराबरी भएकामा पाँच खेल श्रीलंकाले कब्जा गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बरियता हेर्दा श्रीलंका १ सय ९४ औं स्थानमा छ । नेपाल १ सय ९२ औं स्थानमा छ । बरियता क्रममा नेपाल दुई स्थान माथि रहेपनि खेलाडीको अनुशासन र कौशलमा पर्दछ । नेपाल रहेको कठिन समूह ‘ए’ कै बलियो टोली भारत भने १ सय ६६ औं स्थानमा छ । सोही समूहमा रहेको अर्को टोली पाकिस्तानले प्रतियोगितामा भाग नलिने जानकारी गराइसकेको छ । प्रतियोगिता भारतमै भइरहेकाले पाकिस्तान सहभागि नभएको हो । प्रतियोगिताको समूह ‘बी’मा साविक विजेता अफ्गानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।
 
नेपाल हाल सम्म साफ च्याम्पियनसिपमा सेमिफाइनलभन्दा माथि उक्लिन सकेको छैन । साफ खेल्ने आठ राष्ट्र मध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् । भारत ६ पटक विजेता बन्दा अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले एक–एक पटक प्रतियोगिताको उपाधि जितेका छन् । पाकिस्तान, नेपाल र भुटान हालसम्म उपाधिविहिन छन् । नेपाली फुटबल टोली यसपटक अनिल गुरुङको कप्तानीमा साफ खेल्न केरला पुगेको छ । टोलीमा नवयुग श्रेष्ठजस्ता युवा खेलाडीहरुको बाहुल्यता छ । नवयुग टोलीको आकर्षण मानिएका छन् । इलामको मंगलबारेबाट खेल करिअर सुरु गरेका नवयुग त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ