arrow

सरकार कुनै पनि बेला अफ्ठ्यारोमा पर्न सक्छ : ओली

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ २२ शनिबार
oli-voice-lokman-new.jpeg

विराटनगर । एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई संवैधानिक तथा राजनीतिक संकटबाट जोगाउन निर्वाचन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारको १९औं स्थापना दिवसमा आयोजित कार्यक्रममा ओलीले निर्वाचन गराउन सरकार गम्भीर नभएको बताए । सरकारले निर्वाचनलाई पछाडी लैजान खोजिरहेको छ भन्दै ओलीले आफुहरु त्यसो हुन नदिने बताए ।  

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी २०७४ साल माघ महिना भित्र तीनै तहको निर्वाचन नभए मुलुक गम्भीर संकटमा फस्ने भएकाले निर्वाचनको विकल्प नभएको बताए । निर्वाचन नभएर सरकार कुनै पनि समय अफ्ठ्यारोमा पर्ने भएकाले निर्वाचनको मिति तत्काल घोषणा गर्न ओलीले अनुरोध गरे ।

अध्यक्ष ओलीले मुलुकलाई अगाडि बढ्न नदिने षडयन्त्र भए एमाले आन्दोलनमा उत्रने समेत बताए । उनले भने, ‘पद र कुर्सीका लागि मुलुक जहासुकै जाओस् र जे सुकै होस् भन्ने प्रवृति अब त्याग्नुपर्छ ।’ सीमाङ्कन हेरफेरको नाममा हिमाल, पहाड तराईलाई अलग्याउन खोजए त्योे कुनैपनि हालतमा स्वीकार्य नहुने ओलीको भनाई छ ।

मुलुकको विकासमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै ओलीले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र मुलुकको स्वाभिमान जोगाउन सचारकर्मीले कलम चलाउनु पर्ने उल्लेख गरे । पर्यटन तथा कृषिको विकास र मुलुकको सम्वृद्धिका लागि संचार जगत लाग्नुपर्ने समेत बताए । यस वर्षको कृष्णप्रसाद सिग्देल पुरस्कारबाट स्थानीय पत्रिका दृष्टान्त सप्ताहिककी सम्पादक शान्ति दहाल पुरस्कृत भइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ