arrow

लाटोकासेरो संग्राहालय बन्यो आकर्षणको केन्द्र

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
Owel-1024x576.jpeg
कपिलवस्तु । कपिलवस्तुको जदशीपुरमा गरिएको २ दिने लाटोकोसेरो उत्सवकोक्रममा निर्माण गरिएको अस्थायी संग्रहालय उत्सवको आकषर्णको केन्द्र बन्यो । लाटोकोसेरो र हुचीलका बिषयमा जानकारी दिने उद्देश्यले खडा गरिएको संग्रहालयमा दर्शकहरुको ओईरो लागेको थियो । उत्सवको अवलोकन गर्न शनिवार आएकी अनन्ता न्यौपानलेले उत्सवमा आफुले लाटोकसोरे बारे सबै जानकारी मिलेको बताईन ।
 
 बिशेष गरी लाटोकोसेरो संबन्धी बनाईएको संग्रहालयबाट आफुलाई त्यस बारे धेरै जानकरी मिलेको बताईन । ‘ हामीले बुद्धी नभएको मान्छेलाई उल्लु भन्थ्यो तर संग्रहालयका अवलोकन गरे पछि ठीक उल्टो भएको पायौ ’ । आफुलाई छ्वालीबाट बनाईएको लाटोकोसेरो र लाटाकोसेरोको रोबर्ट मन परेका बताईन । उता तौहिलावबाट उत्सव हेर्न गएका अजय बर्माले लाटोकसेरो बारे भ्रम हटेको बताए । संग्रहालयको अवलोकन गरी फर्किनेक्रममा उनले लाटोकोसेरा प्रकृति  किशानको साथी भएको बताए । उनले सबैले मिलेर लाटोकोसेरको संरक्षण गर्नु पर्ने बताए । 
 
उत्सवलाई जिबन्त बनाउन लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी गरिएको थियो । यस्तै गहु“को छ्वाली, चुरा तथा माटोबाट बनाइएका लाटोकासेरो समेत प्रदर्शनीमा राखिएका छन् । ८ वटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको थियो । उत्सवमा सहभागी ईच्छुकले अनुहार वा नङमा निःशुल्क लाटोकोसेरो तथा हुचीलको पेण्टिङ गर्ने व्यवस्था गरिएको थियो । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको थियो । 
 
अन्तर्राष्ट्रिय लाटोकोसेरो महत्वसको अवसरमा बिश्व सीमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जगदशीपुर जलायस ब्यवस्थापन बहुसरोकारवाला मंच र पकृतिका साथी नामक संस्थाको आयोजनामा छैठौ लाटोकोसेरो तथा हुचील उत्सव गरिएको थियो । लोप हुदै गएको लाटोकोसेरो संरक्षणकालागि २ दिने उत्सव गरिएको हो । उत्सवको १० हजार बढीले अवलोकन गरेको संयाजक अब्दुल रसिद खाले बताए । उत्सवमा आएका धरै जासे दर्शकहरुले संग्राहालयको अवालेकन गरी अवलोनक गरेको उनले बताए ।
 
  प्रकृतिका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु किसानको साथी भनेर चिनिएको तर संरक्षणको अभावका ओझेलमा परेको लाटोकोसेरोको संरक्षणकालागि उत्सवले योगदा दिएको बताए । उत्सवले लाटोकोसेरोको संरक्षण तथा  तालको पर्यटकीय विकासका लागि प्रचारप्रसार गरेको बताए । उत्सवको दब्रै दिन निः शूल्क चरा अवलोकन, र प्रकृतिको फोटो खिच्ने कार्यत्रक्रमा सहभागीता तथा लाटोकोसेरो संबन्धी अस्थायी लघु म्युजीय अवलोकन गर्ने समेत ब्यवस्था मिलाईएको थियो । 
 
 उत्सवका पहिलो दिन चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरो सम्बन्धी लघु म्युजियम प्रदर्शनी, रस्सी तान्ने, चिक्का र कुस्ती खेल तथा धारिलो हतियारमा चढेर नाच्ने गडासा नाच देखाईएको थियो । त्यस्तै अहिरउवा, धोविहवा र कहरवा नाच तथा थारु, मगर समुदायका स्थानीय लोपोन्मुख खेल नाचहरु प्रस्तुत गरिएको थियो । राती लाटोकोसेरोको महत्व दर्शाउने स्लाईड तथा भिडियो प्रदर्शनी गरिने छ ।
 
 दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटाकोसेराको अन्य सामग्री सम्बन्धी प्रदर्शन गरिएको थियो । लाटोकोसेरो सम्बन्धी गीत, भजन । नाचको प्रदर्शनी समेत गरिएको थियो  । वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले लाटोकोसेरो संरक्षण सम्बन्धि नाटक तथा वन्यजन्तु सम्बन्धि नाच प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ