arrow

उपचारमा सहयोग गर्न मिर्गौला रोगी महिलाको याचना

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
kidney.jpg.jpeg
बेनी । दुवै मिर्गौलामा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार गराउन नसकेकी म्याग्दीकी एक महिला गरिबीका कारण मृत्युलाई कुर्नुपर्ने बाध्यतामा पुगेकी छिन् । 
 
म्याग्दी बाबियाचौर–३ की ५० वर्षीया टीकाकुमारी शर्माले उपचार गराउने पैसा नभएपछि मृत्यु कुर्नुबाहेक अर्को विकल्प नभएको बताएकी छिन् । शर्माले सहृदयी व्यक्तिसँग उपचारका लागि सहयोगको याचना गरेकी हुन् ।  
 
एक वर्षअगाडि दुवै मिर्गौलामा खराबी देखिएपछि घरको सम्पत्ति र ऋण खोजेर उपचार गराइरहेकी शर्माको थप उपचारमा आर्थिक अभाव भएपछि सहयोग गरी जीवन बचाइदिन अनुरोध गरेकी छिन् । 
 
“घरमा भएको पैसा सकियो, उपचारमै दुई लाखभन्दा धेरै ऋण लागेको छ”, टीकाकुमारीका श्रीमान् योगनाथ शर्माले भने । 
 
शर्माका ६ छोरी र एकजना छोरा रहेका छन् । दुई छोरी र एक छोराको शिक्षा–दीक्षाका साथै घरायसी खर्चसमेत जुटाउनुपर्ने अवस्थामा श्रीमती बिरामी भएपछि चिन्तित बनेका शर्माले आर्थिक अभावकै कारण गरिब परिवारले मृत्यु रोज्नुपर्ने बाध्यतालाई आफ्नो परिवारले समेत सामना गरिरहेको बताए । 
 
गाउँकै आर्थिक रुपमा कमजोर परिवारमा पर्ने शर्माले श्रीमतीलाई उपचार गर्न घरमा भएको सबै सम्पत्ति बेच्दासमेत एक छेउ नहुने भएपछि सहयोगका लागि याचना गरेका हुन् । 
 
जिल्ला अस्पताल म्याग्दी हुँदै काठमाडौंको ओम अस्पतालसम्म उपचारमा पुगेका शर्माले श्रीमतीको तीनपटकसम्म डायलोसिस गरे पनि थप उपचारका लागि रकम अभाव भएको गुनासो गरे । 
 
सरकारले निःशुल्क भनेका सेवासुविधा लिनसमेत सकस भइरहेको पीडित परिवारको गुनासो छ । 
 
यसैबीच शर्माको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ