arrow

जापानमा बस्ने नेपाली कष्ट सहँदै, पीडा पोख्न कार्यक्रम

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
japan-news-aaja.jpeg

टोक्यो । जापानमा बस्ने नेपाली अझै गर्वसाथ बस्न नपाएको एक कार्यक्रमका सहभागिले बताएका छन् । बाँके–बर्दिया मैत्री समाज जापानले गरेको कार्यक्रममा एनआरएनए जापानका सल्लाहाकार जिज्ञानकुमार थापाले नेपालीहरु अझै पनि जापानी समुदायसँग नजिक बन्न नसकेको र जापानी समुदायमा भिज्न नसकिएको बताए ।

यस्तै, अन्य सहभागिले पनि नेपालीहरुले ससम्मान काम गर्ने वातावरण अझै बन्न नसकेको र हेपिएको महसुस पटक–पटक गरिरहेको बताएका छन् । जापानी समुदायसँग घुलमिल हुन सके व्यापार, पर्यटन र हरेक क्षेत्रमा सहयोग  र नेपालीलाई हेर्ने दृष्टिकोण समेत सुधार हुने सहभागिले बताए ।  

जापानमा संख्यात्मक हिसावले संघसंस्थाहरु धेरै भएपनि नेपालीका समस्या कम हुन नसकेको उनीहरुको भनाई छ । कार्यक्रममा दुर्गा खत्रीले पिद्यार्थीका समस्या अझ जटिल रहेकाले आत्महत्याका घटना पनि घटिरहेको बताउँदै संघ संस्थाले अभियान चलाउन आवश्यक रहेको उल्लेख गरे ।

दिक्दारीले आत्महत्याका घटना बढेको बताइन्छ । आत्महत्या रोकथामका लागि लामो समय क्रियाशील अभियान्ता डा. विजय ज्ञवालीले आत्महत्याका घटना झन् विकराल बन्दै गएकाले साना बच्चा देखिनै समस्यासँग जुध्न सक्ने क्षमताको विकास गर्न आवश्यक रहेको बताए ।

एनआरएनए पुर्व अध्यक्ष एवम आइसीसीले सदस्य ओम गुरुङले एनआरएनए दुतावास र संघसंस्था बीचको सम्बन्ध पनि सुमधुर हुनुपर्ने बताए । महिला समस्याका बारेमा बोल्दै अनिता गुरुङले जापान जस्तो विकसित मुलुकमा बसे पनि नेपाली महिला हिंसा र पीडा भोग्न बाध्य रहेको पीडा पोखिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ