arrow

यौन दुर्व्यवहार गरेको भन्दै प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
yaunn.jpeg
दाङ । पश्चिम दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई विप्लप माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी) राप्तीको छात्रा विभागले कालोमोसो दलेको छ ।
 
प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई जनकारबाहीस्वरूप कालोमोसो दलेर जुत्ताको माला लगाइएको अखिल (९क्रान्तिकारी) राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए । 
 
प्रहरीले भने घर्तीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी भइरहेको जनाएको छ । 
 
सो घटनामा प्रयोग गरेको रा३प ६१८५ नम्बरको मोटरसाइकल र रा१ज ५३८ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
 
‘कार्यक्रम छ भन्दै सबैलाई जम्मा गरेर कालोमोसो र जुत्ताको माला लगाएर भागेछन्,’ डीएसपी तिवारीले भने । 
 
खबर पनि ढिला आएकाले पक्राउ गर्न नसकिएको उनले बताए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ