arrow

स्थानीय निकायका कर्मचारीले पारे काम ठप्प, सेवाग्राही मर्कामा

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
AAndolan_local_sector.jpeg
काठमाडौं । स्थानीय निकायका कर्मचारीहरुले संघीय संरचनामा कर्मचारी व्यवस्थापनको सरकारी प्रस्तावको विरोध स्वरुप हातमा कालो पट्टि बाँधेर शुक्रबार काम ठप्प पारेका छन् । विभिन्न पाँच कर्मचारी संगठनको आह्वानमा कर्मचारीहरुले शुक्रबार ३ घण्टा काम ठप्प पार्ने पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरुले शुक्रबार काम ठप्प पारेका हुन् । 
 
जसले गर्दा सरकारका स्थानीय निकायहरु जिविस,  नगरपालिका लगायतमा आउने सेवाग्राहीहरु भने समस्यामा परेका छन् । अहिले सबै जिल्लाका कर्मचारीहरु हातमा कालोपट्टीबाँधेर कार्यालय बाहिर बसिरहको छन् । 
 
गत माघ १८ गतेदेखि सुरु भएको आन्दोलन अहिलेसम्म ज्ञापनपत्र बुझाउने लगायतका काममा मात्रै सीमित रहेको थियो । तर, ज्ञापनपत्र बुझाउने क्रममा पनि सचिव तथा मुख्य सचिवले समेत यसमा सहमति नजनाएको स्रोतले जानकारी दियो । उनीहरुले १ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सम्पन्न भएपछि २ गतेदेखिको आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पछि छलफल गर्ने तयारी भईरहेको छ । 
 
स्थानीय कर्मचारीहरु संघीय कानूनमा कर्मचारी व्यवस्थापन गर्दा निजामती कर्मचारीलाई एक तह बढुवा गरेर स्थानीय कर्मचारीको भन्दा बढी अधिकार सहित स्थानीय कर्मचारीसँग मर्ज गराउने लगायतका ५ वटा मुख्य मागहरु उनीहरुले अगाडि सारेका छन् । आन्दोलनमा पाँचवटा कर्मचारी संगठनहरु नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, स्थानीय निकाय कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय, गाउँ विकास समिति कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी युनियनले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ