arrow

नेपालमा चिनियाँ लगानीप्रति भारतीय मिडियाकाे चासो, यसरी फैलाउँदैछन् अफवाह

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
nabhabharat_times.png
काठमाडौं । दुई छिमेकीको हिसावले नेपालले दुबै देशको स्नेह पाउनु स्वभाविक नै हो । तर, उत्तरमा रहेको चीनसँग त्यति स्नेही सम्बन्ध नरहेको अवस्थमा आफूलाई असल छिमेकी सम्झने भारत भने चीनले नेपालमा बढाउने सानातिना गतिविधिमा पनि झट्ट शंका गरिहाल्ने गरेको छ । 
 
भारतीय सरकारको शंका पनि अाधिकारिक रुपमा बाहिर नदेखिनु एकठाउँमा छ । त्यो तत्कालै देखिने कुरा पनि होईन । त्यो भित्रभित्रै हुने व्यवहारमा भर पर्छ । तर, भारतीय मिडियाहरुले समेटेका विषयले भने चीनको सानो लगानीमा पनि भारतीय चासो कति हुन्छ र त्यसमा भारतीय सञ्चारमाध्यमहरुले कतिसम्म अफवाह फैलाउँछने भन्ने पछिल्लो प्रमाण देखfएको छ । 
 
फेब्रुअरी ७ अर्थात् आजभन्दा ४ दिन अघि भारतीय चर्चित पत्रिकाहरु नवभारत टाईम्स र टाईम्स अफ इन्डियाले एउटै समाचार प्रकाशित गरे । समाचारको शीर्षक थियो चीनले नेपालमा कैयौं गुणा लगानी बढायो, भारतको शंकाको नजर भनेर । छिमेकी मुलुकको हिसावले चीनले नेपालमा लगानी गरिररहेको छ त्यो कुरा सही पनि छ । तर, एउटा नसुहाउँदो कुरा के छ भने उक्त मिडियाले लेखेका सबै तथ्याङकहरु भ्रामक रहेको र त्यसमा कुनैपनि सत्यता नरहेको उद्योग विभागले जनाएको छ । 
 
नवभारत टाईम्सले सो समाचारको स्रोत चिनियाँ सरकारी समाचार एजेज्सी सिन्ह्वा लेखेको छ । तर, सिन्ह्वामा सो विषयमा समाचार भेटिँदैन । फेरि, उसले उद्योग विभागको स्रोत दिएर नेपालमा कूल बैदेशिक लगानीको ६८ प्रतिशत हिस्स चीनको रहेको उल्लेख गरिएको छ । तर, उद्योग विभागको तथ्याङक अनुसार नेपालमा बैदेशिक लगानी चीनको भन्दा भारतको बढी रहेको देखिन्छ । 
 
उद्योग विभागका प्रवक्ता दूर्गाप्रसाद भुषालले पनि नेपालमा बैदेशिक लगानीमा चीनको हिस्सा ७८ प्रतिशत रहेको कुरामा सत्यता नरहेको स्पष्ट पारे । उनले नेपालमा चीनको भन्दा भारतको लगानी बढी रहेको स्पष्ट पारेका छन् । 
 
यसरी भारतीय सञ्चारमाध्यमहरुले मिथ्या तथ्याङक राखेर चासो राख्नुमा भने नेपालमा पछिल्लो समय चीनको बढ्दो प्रभावकाबीच भारतीयहरुमा देखिएको अस्थिर मानसिकता रहेको जानकारहरु बताउँछन् । नाकाबन्दी पछिको समयमा नेपालमा चीनले आफ्नो प्रभाव बढाउँदै गएको छ भने नेपालीहरुमा पनि नाकाबन्दी पछि भारतीय शासकहरुप्रतिको नकारात्मक भावना बढ्दै भएको छ ।
 
यस्तो अवस्थामा भारतले नेपालमा आफ्नो पूर्ववत अवस्थामा रहेको प्रभाव फर्काउनको लागि प्रयासरत रहेको छ । यही परिप्रेक्षमा भारतीय स१चारमाध्यमहरुले फैलाएको यस्तो अफवाहले भारतीयहरुको शंकालु प्रवृत्तिलाई स्पष्ट पारेको छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ