arrow

दुबईमा ३५ औं मगर दिवस मनाइने

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
magar_sangh.jpeg
युएई । यहि आउने २४ फेब्रुअरी २०१७ का दिन दुबईको ईम्पिरियल सुईट होटलमा विगतमा जस्तै यसपालि पनि ३५ औं मगर दिवस भव्य रुपमा मनाईने भएको छ । प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति तथा विविध सांगीतिक माहौलमा नेपाल मगर संघ शाखा युएईको आयोजनामा मनाउन लागिएको हो । 
 
प्रवासको भूमिमा पनि सम्पूर्ण मगरहरुलाई ऐक्यबद्धता गर्दै नेपालीहरुले मगरहरुको कला, संस्कृति, मौलिक भाषा र भेषभुसाहरुको जर्गेना गर्दै आएका छन् । दैनिक आ–आफ्नो कामका बावजुद पनि परिआउने समस्याहरुको समाधान गर्दै लगभग ५० हजार मगरहरुको सहभागीता हुँदै आएको नेपाल मगर संघ शाखा युएईले यस्ता गतिविधिमा समेत आफ्नो सक्रियता बढाउँदै आएको छ ।
 
उनीहरुले स्थापनाकालदेखि नै अन्य संघ संस्थाहरुसँग सहकार्यसँगै मगरहरुको उत्थानमा विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएका छन् । गत महिना मात्र माघे संक्रान्तिको अवसरमा भव्य कार्यक्रम गरी उनीहरुले संक्रान्ति पर्व मनाएका थिए भने आउने २४ फेब्रुअरीका दिन फेरि दुबईलाई नै मगरहरुले संगीतमय बनाउँदैछन् ।  
 
सो अवसरमा नेपालबाट आउने अतिथि नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको बिशेष उपस्थिति र अतिथि कलाकार मोडल तथा नृत्यगना आरुषी मगरका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन् । 
 
उक्त कार्यक्रममा बिशेषगरी मगरहरुको संस्कृति झल्कने खालका प्रस्तुतिहरुका साथै मौलिक भेषभुसामा सजिएको देख्न पाईने छ । युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा महासचिव एच.बी. मगरले उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ