महानगरपालिकामा चालक व्यवस्थापन गर्न हम्मे हम्मे

प्रकाशित मिति : २०७३ फाल्गुण १ आइतबार
काठमाडाै‌ं महानगरपालिका (तस्वीर : फार्इल)
काठमाडौं – काठमाडौं महानगरपालिकाले विज्ञापन निकाल्दा ढंग नपुर्याएपछि अहिले आन्तरिक चालक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । चालकका मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको पाइएको छ । २०६८ मा श्रेणीविहीन हुने चालकलाई चौथो तह (खरिदार) सरहको पद दिएर महानगरपालिकाले भटाभट तलब वितरण गरेपछि चालकबीच द्वन्द्व उत्पन्न भएको हो ।
 
तत्कालिन समयमा महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर कार्कीले पाचौं तहमा बढुवा गरेर तलबभत्ता खुवाएका थिए । फेरि कार्यकारी प्रमुख आनन्द पोख्रेल आएपछि अवैध रुपमा रकम बाँडिएको भन्दै नियुक्त गरिएका २९ जना चालकबाट १८ लाख रुपैयाँ असुल गर्ने निर्णय गरेर मासिक पैसा कटाएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ