arrow

पुनस्थापनाको माग गर्दै सदरमुकाममा बाढी पिडित

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1062939144.jpeg
 
प्रेम रौले । बाजुरा । गत असोजमा आएको उत्तरी भेगको साप्पाटाका स्थानियबासीहरु पुनस्थापनाको माग गर्दै साप्पाटा गाविसकी महिलाहरु सदरमुकाम आएकी छन् । गत असोज १० गते राती गएको एकाएक पहिरोका कारण साप्पाटा ३,४ र ५ रडीका स्थानियबासी त्रिपालमुनी बास बस्न बाध्य भएका छन् ।  जिल्लाको पूर्वीउत्तरी भेगमा रहेको साप्पाटा गाविसमा गाउँ नै पहिरोले बगाएपछि दश परिवारलाइ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् । पहिरोको गएको खवर आएपछि तत्काल जिल्ला दैवी प्रकोप समितिको बैठक बसी पहिरो गएको ठाउमा एक टोली खटाइएको पौडेलले जानकारी दिनु भएको छ ।
 
राहत टोली साप्पाटा गाविसमा पुगेपछि सोमबार मात्र पिडित दश परिवारलाइ राहत उपलव्ध गराएको बताइएको छ । राहत वितरणका लागि गएको एक टोलीले खाद्यान्न सरसफाइका सामग्री र ३५ जनालाइ ५ हजारका दरले पचास हजार रुपैण ििदएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।  राहत वितरण अन्य परिवारहरु जोखिममा भएकाले ३५ पाल वितरण र सुत्केरी महिला बालबालिकालाइ समेत राहत वितरण गरेको प्रजिअ पौडेलले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार २ घर पहिरोले क्षति भएकाले त्यसलाइ तत्काल उद्धार गर्न बताएको छ । आज सदरमुकाम मार्तडीमा पुनस्थापनाका लागि आएका महिला सहित रुडीमा ३० परिवार जिल्ला प्रशासन कार्यालय बाजुरामा माग पत्र पेश गरेका छन् । रुडीका स्थानिय पहिरोको उच्च जोखिममा भएको भन्दै सुरक्षित ठाउमा सार्न माग गरेका छन् ।
 
सुख्खा याममा पहिरो आएपछि स्थानियबासीलाइ भने त्रसित बनाउनुका साथै१० परिवारको घर पूर्ण रूपमा क्षति भएको साप्पाटाका दिलबहादुर धामीले बताए । बिहीबार राति १० बजेतिर साप्पाटा गाविस–३ जिजुवन र किउडीमा पहिरो गएको हो । सो स्थानमा सुक्खा पहिरो गएको बताएको छ । बिचल्लीमा परेका स्थानीय खाली चौरमा पाल टाँगेर बसिरहेका छन् । यस्तै साही गाविसकी लक्ष्मी बमले भनिन् पहिरो आए देखि एक दिन राम्ररी सत्न पाएका छैनौ । खाद्य अभाव भएकाले बाँच्नका केही सहयोग हुनुपर्ने बताएकी छन् । ६ वर्ष सम्म खेती लगाउन नपाएर भोकै बस्नुपर्ने बताएकी छन् ।                                                       
 साउन पहिलो सातादेखि बाजुराको पूर्वीउत्तरी भेगमा पानी परेको छैन । खडेरीले गर्दा माटो एकदमै खुकुलो हुँदै जाँदा पहिरो गएको स्थानीय दिलबहादुर धामीले बताए । साप्पाटाको जिजुवन र किउडीमा दुई सयभन्दा बढी परिवार बसोवास गर्दै आएका छन् । पहिरोले मानवीय क्षति भने नभएको कुन्ना प्रहरी चौकीले जानाएको छ । पहिरोले स्थानीय साउने धामी, प्रर्जन धामी, पर्वल धामी, जसु सार्की, दीपक सार्की लगायतका स्थानीयको घर बगाएको छ । पहिरोपीडित साउने धामीले खुला चौरमा बसेकाहरूसँग खानेकुरा पनि नभएको बताए । अर्का पीडित दीपक सार्कीले ओत लाग्ने पालसमेत नभएको बताए ।
 
बिचल्लीमा परेकालाई वासका लागि तत्काल पालको व्यवस्था गर्न उनले माग गरेका छन् । ‘गाउँ नै पहिरोले विस्थापित भए लगत्यै जिल्ला देबी प्रकोप समितिको बैठक बसी त्यस ठाउमा राहतका लागी पहल कदमी अगाडी बढाएको देबी प्रकोप उद्धार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी धनप्रशाद शर्मा पौडेलले बताए । जिल्ला दैवी प्रकोप उद्धार समन्वय समितिले राहत लिएर एक टोली घटनास्थल गइ राहत बाँडेकोस्थानिय दिल बहादुर धामीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ