arrow

एकै व्यक्तिद्धारा ४ लाख भन्दा बढी सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७३ फागुन २ सोमबार
school-new-p.jpg.jpeg
गुल्मी । गुल्मीको पौदीअमराई २, अरेवामा रहेको जनज्योती माध्यमिक विद्यालयको लागि एकै व्यक्तिद्धारा ४ लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् ।
 
विद्यालयको  ५७ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अबसरमा सोही गाविस वडा नं.२ निवासी समाजसेवी हवल्दार डालेश्वर भुषालद्धारा विद्यालयको प्रवेशद्धार निर्माणको लागि ४ लाख ५ सय ५१ रुपैया नगद  सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए । 
 
साथै प्रधानाध्यापक आचार्यले भने  भुषालले गरेको सहयोगले विद्यालयको भौतिक विकासमा थप एउटा इटा थपेको भन्दै यसले शैक्षिक विकासमा निकै सहयोग पुर्‍याउने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ