arrow

चीनलाई चिढ्याउन भारतको अर्काे अस्त्र ! कस्ताे अाउला परिणाम ?

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
dalailama_telangana.png
काठमाडौ । चीनलाई चिढ्याउन अनेक उपाय रच्ने भारतले फेरि अर्काे अस्त्र फालेको छ । फ्रि तिब्बतको नारा उरालेकै कारण तिब्बतबाटै निर्वासित गराईएका तिब्बती धर्मगुरु दलाईलामालाई आश्रय दिएको भारतको तेलंगनाका उच्च पदस्थ सरकारी अधिकारीहरु नै उनको कार्यक्रममा उपस्थित भएर उनलाई समर्थन गरेपछि चीन र भारतबीचको सम्बन्धमा थप तिक्तता आउने सम्भावना देखिएको छ । 
 
गत आईतबार हैदराबादमा दलाईलामाले नै आयोजना गरेको दलाईलामा सेन्टर फर एथिक्स एण्ड ट्रान्सपरमेटिभ भ्यालुज नामक संस्थाको दक्षिण एशियाली केन्द्रको आधारशीला उद्घाटन कार्यक्रममा तेलंगना राज्यका उच्च अधिकारीहरुले संलग्नता जनाएका हुन् । कार्यक्रममा तेंगनाका राज्यपाल ई. एसएल नरसिंहन, उपमुख्यमन्त्री मोहम्मद महमुद अलि तथा उद्योग मन्त्री केटी रामाराव समेत उपस्थित रहेका थिए । सो केन्द्रको लागि राज्य सरकारले नै ५ एकड जमिन प्रदान गरेको पनि नवभारत टाईम्सले जनाएको छ ।
 
भारतको यो कदम चीनको मुख्य चासोको रुपमा रहेको एकचीन नीतिको विरुद्ध रहेको छ । यस विषयमा केहीसमय अगाडि चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाईम्समा एक कूटनीतिज्ञले लेख मार्फत् भारतले सधैंभरी एकीकृत चीनको विरुद्ध हुनेगरी गतिविधी गरेको भन्दै सो काम नरोके भारतले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । दलाई लामालाई स्वतन्त्र चीनको विषय उचाल्न उकासेर भारतले चीनसँग दुस्मनी साँधेको पनि उनले बताएको थिए । तर, सो चेतावनीको केही दिनमा नै भारतले यस्तो कदम चालेपछि परिणाम के होला भन्ने विषय सबैको चासोको विषय बनिरहेको छ । 
यसरी खुल्ला रुपमा अहिलेसम्म अमेरिकाले पनि स्वतन्त्र तिब्बतको विषयमा गतिविधि बढाउन सकिरहेको छैन । ट्रम्पले केहीदिन अघि सो विषयमा प्रतिक्रिया दिएको भएपनि उनले पनि आफू एकचीन नीतिप्रति प्रतिबद्ध रहेको बताईसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ