arrow

प्रेम प्रस्ताव अस्वीकार गर्दा एक युवाले छतबाट फालहाले

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
chitwan-dist.jpg.jpeg

चितवन । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट फालहालेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले छलबाट फालहालेका हुन् । छलबाट फालहालेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो’– प्रहरीले भन्यो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार साँझको भएपनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ