arrow

महिनावारी हुँदा शौचालय पनि जान पाउँदैनन् महिला

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
Chaupadi-sketch.jpeg
धनगढी – सुदूरपश्चिमका सबै जिल्लामा अहिले सरसफाइको अभियान चलिरहेको छ । उक्त अभियानमा महिनावारी भएका महिला भने लाग्न सकिरहेका छैनन् । जिल्लाहरु खुला दिशामुक्त घोषणा हुने क्रम जारी रहेको भएपनि महिनावारी भएका महिलाले भने अझै पनि चर्पाीको प्रयोग नगरिरहेको पाइएको छ ।
 
अछाम जिल्लामा महिनावारी हुने महिलामा ३९ प्रतिशतले चर्पी प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । सुदूरपश्चिमका ९ जिल्लामध्ये ५ वटा जिल्ला खुलला दिशामुक्त घोषणा भइसकेको छ । सरसफाई तथा खानेपानीको पहुँचबाट सुदूरपश्चिमाञ्चल क्षेत्र देशको सबैभन्दा अगाडि रहेको छ । सरसफाइमा सुदूरपश्चिममा ९९ प्रतिशत र खानेपानीमा ८८ प्रतिशत पहुँचमा रहेको छ ।
अन्नपूर्ण पोष्टबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ