arrow

समयको ख्याल नगर्दा प्रदीप गिरी लगायत तीन जना सांसद मतदानबाट वञ्चित

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1276806311.jpeg
काठमाडौँ । प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसद मतदान गर्नबाट वञ्चित हुनुभएको छ । सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियार मतदान गर्नबाट वञ्चित हुनुभएको हो । 
 
संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियामा ५८७ जना सामेल हुनुभएको थियो । नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले ३३८ मत प्राप्त गर्नुभएको प्राप्त गर्नुभयो भने नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभयो । कुल ८९ मतको फरकमा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि असोज २५ गते अपराह्न ३ बजे बस्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ