arrow

पाकिस्तानमा आत्मघाती विष्फोट, १०० को मृत्यु, २५० बढी घाइते

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
pakistan-explode.jpeg
सहवान । पाकिस्तानको सिन्ध प्रान्तमा रहेको सहवान सहरको लाल शाहवाजमा आत्मघाती बम हमलामा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । आत्मघाती विष्फोटमा परी २५० बढी घाइते भएका छन् । 
 
सिन्धका पुलिस प्रवक्ताले एक आत्मघाती भीडभाड भएको क्षेत्रमा घुसेर विष्फोट गराएको बताएको पाकिस्तानी स्थानीय संचारमाध्यमहरुले बताएका छन् । 
 
घटनापछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले यो घटनाको निन्दा गर्दै पीडितलाई धैर्यधारण गर्नसमेत आग्रह गरेका छन् । यो घटनाले पाकिस्तान नटुक्रने भन्दै झन् एकता बनाउन आग्रहसमेत गरेका छन् । 
 
घटनाको जिम्मा कसैले लिएको छैन । 
 
घटना इस्लामिक स्टेट आइएसले गराएको शंका गरिएको छ । पछिल्ला थुप्रै आत्मघाती विष्फोट आइएसले गराउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ