arrow

चिनियाँ लगानीकर्ता भन्छन्ः नेपालमा लगानी गर्न प्रतिबद्ध छौँ

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
china-nepal-seminar.jpeg
काठमाडौं । चिनियाँ लगानीकर्ताले नेपालमा करिब तीन अर्बको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेइजिङ्स्थित नेपाली दूतावासले शुक्रबार बेइजिङ्मा आयोजना गरेको ‘नेपालमा लगानीका सम्भावनाहरु’ बिषयक सेमिनारमा चिनियाँ लगानीकर्ताले नेपालमा १८.५ बिलियन युआन (लगभग तीन अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने वाचा गरेका हुन् । 
 
सेमिनारमा ६४ जना चिनियाँ लगानीकर्ता सहभागी थिए । ‘चिनियाँ लगानीकर्ताले नेपालमा लगानी गर्छु भनी देखाएको प्रतिबद्धताले हामी उत्साहित भएका छौँ,’ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले टेलिफोनमा भने ।
 
त्यहाँस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमा जनाएअनुशार सेमिनारमा चिनियाँ ब्यापारीले मार्च २ र ३ मा नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा सहभागी हुन इच्छुक रहेको बताए । दूतावासले विगत तीन महिनामा तेश्रो पटक लगानी सेमिनार आयोजना गरेको हो ।
 
राजदूत पौड्यालले काठमाडौंमा हुन लागेको लगानी सम्मेलनबारे जानकारी गराउँदै सम्मेलनमा सहभागी भई लगानीका अवसर खोज्न चिनियाँ लगानी कर्तालाई आग्रह गरे ।
 
नेपालका लागि पूर्व चिनियाँ राजदूत सुन हेपिङ्ले सन् २००३ देखि २००७ सम्म आफू राजदूत भएर काठमाडौं रहँदाको आफ्नो अनुभव सुनाए । 
 
उनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चिनियाँ ब्यापारीलाई आग्रह गरे । ‘नेपालले अहिले बैदेशिक लगानीमैत्री नीतिहरु ल्याएको छ’ उनले भने ।
 
चिनियाँ कम्पनी पावर चाइना इन्टरनेशनल ग्रुपका कमर्सियल म्यानेजर ये फानले नेपालको उर्जा क्षेत्रमा आफूले २० बर्ष काम गरेको अनुभव सुनाउँदै नेपाल लगानीका लागि उपयुक्त थलो रहेको बताइन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ