arrow

ओलीलाई मोदिको भारत भ्रमणको निम्तो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1872857396.jpeg
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहुमतले प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले बधाई दिदै भारत भ्रमणको निम्तो दिएका छन् ।  
 
ओलीलाई फोन गरी भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएको भारतीय प्रधामन्त्री कार्यालयको अाधिकारिक ट्वीटर पेजमा उल्लेख गरिएको छ। भारतीय प्रधानमन्त्री कार्यालयको आधिकारिट ट्वीटर पेजमा ओलीसँगको फोन सम्बादमा मोदीले भारत भ्रमणको निम्तो  दिइएको समेत जानकारी दिइएको छ ।
 
व्यवस्थापिका संसदमा प्रधानमन्त्री पदका लागि आइतबार भएको निर्वाचनमा नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदका उम्मेद्वार केपी शर्मा ओली ३ सय ३८ मत ल्याई विजयी भएका छन् । उनको विजयसँगै नेपालले ३८ औं प्रधानमन्त्री पाएको छ ।
 
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला २ सय ४९ मत पाई पराजित भए । ओलीका पक्षमा एनेकपा माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुको समर्थन रहेको थियो । कोइरालाका पक्षमा मधेस केन्द्रित दलहरुको समर्थन रहेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ