arrow

क्यानको बैंङ्क खाता पनि भावनाकै नाउमा, योगेश–गगन आउने कुरा कहाँ पुग्यो ?

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
Bhawana-Ghimire.jpeg.jpeg
काठमाडौं । नेपाल क्रिकेटसंघको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको केही दिनमा नेपाल क्रिकेट संघ क्यानमा निकै चलहलल सुरु भएको छ । क्यानले अब बैङ्क खाता समेत घिमिरेकै नामबाट संचालन गर्ने तयारी गरेको छ । आइतबार नयाँ बैङ्क खाता तयार हुने राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव केशव कुमार विष्टले हाम्रा कुरालाई जानकारी दिए । खाता घिमिरे सहित तीन जनाको नाममा हुने सदस्य सचिव विष्टले बताए । जसमा क्यानका लेखापाल र एक जना राखेप प्रतिनीधि रहने छन् । पारदर्शीताका लागि राखेप प्रतिनीधि राख्ने तयारी भएको विष्टले जानकारी दिए । 
 
यसअघि बैङ्क कारोबार भद्रगोल भएकाले क्यानले सम्पूर्ण जिम्मा पाएकी कार्यकारी घिमिरेकै नेतृत्वमा आर्थिक कार्य गर्ने व्यवस्था गरिन लागिएको विष्टको भनाई छ । राखेपले सोमबार मात्रै नेपाल क्रिकेट संघ क्यानको सम्पूर्ण कामको जिम्मा कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको थियो । क्यानमा देखिएको आन्तरिक विवाद समाधान नहुँदा सम्म राखेपले सम्पूर्ण जिम्मेवारी सीइओ घिमिरेलाई दिएको भन्दै क्यानलाई पत्राचार गरेको थियो । 
 
राखेप सदस्यसचिव केशवकुमार बिष्टले क्यानमा निर्वाचित कार्यसमितिको कार्यकाल सकिएको र हालै भएको निर्वाचन वैध नभएको भन्दै दैनिक काम काज रोकिन नदिन तथा तत्काल हुने घरेलु तथा अन्तर्रा्ष्ट्रिय क्रिकेट गतिविधि सञ्चालन रोकिन नदिन अर्को निर्णय नभए सम्मका लागि आइसीसी र एसीसीसँग समन्वय गरेर सीइओलाई जिम्मेवारी दिएको बताए । 
 
योगेश र गगन आउने कुरा कहाँ पुग्यो ?
राखेप सदस्य सचिव विष्टले क्यानमा युवा नेता आउने कुरा परिक्षणमै रहेको सुनाएका छन् । उनले भने,‘एक थरीको मनसाय नाम चलेकै नेता आए प्रगति हुने थियो भन्ने छ, अर्को थरी नेताहरु आए राजनीतिकरण हुन्छ भन्नेमै छन्, त्यसैले सो विषय विचाराधिन अर्थात् छलफलमै छ ।’ हामी खास के गर्ने भन्ने कुरामा छलफल गरिरहेका छौं ।
 
सकारात्मक त राजीतिक नेतृत्व आएकै राम्रो हुने विष्टको धारणा छ । राजनीतिक प्रेसरकै कारण प्रभावशाली व्यक्तिहरुबाट काम हुने कुरामा विश्वस्त हुनु पर्दछ । क्यानको नेतृत्वबारे चर्का चर्की भएपछि केही दिन अघि मात्र एमाले सविच योगेश भट्टराई, कांग्रेस केन्द्रिय सदस्य गगन थापालगायत युवा नेताहरु क्यानको बोर्डमा बस्ने चर्चा चलेको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ