arrow

लार्इसेन्स नलिर्इ कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
school-class-teacher.jpg.jpeg
रत्ननगर (चितवन)। अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए। 
 
अर्यालका अनुसार चितवनका ती विद्यालयले कम्तीमा एकदेखि पाँच वटा कक्षासम्म अनुमति बिना सञ्चालन गरेको पाइएको छ । यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालय रहेका छन् । 
 
विद्यार्थी र अभिभावकमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै अहिले विद्यालय र कक्षा सार्वजनिक नगरिएको र सबै व्यवस्थापन गरेपछिमात्र सार्वजनिक गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमावलीले यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई कम्तीमा रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना लगाउन सक्ने उल्लेख भएअनुसार प्रकृति हेरेर जरिवाना लगाइएको कार्यालयले जनाएको छ । 
 
उनीहरुले अर्को वर्ष कक्षा चलाउन नपाउने गरी लिखितपत्र पेस गर्नसमेत भनिएको अर्यालले बताए। “केहीले जरिवाना तिर्न थालेका छन्, लिखित प्रतिबद्धता समेत माग गरेका छौँ, उनले भने ।” चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । विगत लामो समयदेखि यसरी विद्यालयले अनुमति बिना चलाएको पाइएको जनाईएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ