arrow

पत्रकार महासंघ इलाममा ताल्चा सहित कालो व्यानर

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
patrakar.jpeg
इलाम ।  नेपाल पत्रकार महासंघ इलामको १० औँ जिल्ला अधिवेशनको क्रममा केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्त र जिल्लाको तत्कालिन नेतृत्वले हुकुमी शैलीमा विधि र विधान मिचेर अधिवेशन गरेको भन्दै नेपाल प्रेस युनियन इलामले विहीबार महासंघ इलामको मुल ढोकामा कालो व्यानर सहित ताला बन्दि गरेको छ ।
 
विधि विधान मिचेर अघि नबढ्न आग्रह गर्दै फागुन ५ गते पत्रकार महासंघ इलाम शाखामा ताला लगाएको ताला फुटाएपछि दुई संगठनले कालो व्यानर सहित व्यानर राखेको हो । महासंघ मुल ढोकामा लगाइएको ताला बिना जानकारी खुलाइएको र पुरानो नेतृत्वले आफुहरुलाई जानकारी नभएको भन्नु लजास्पद प्रतिक्रिया भएको युनियनका सचिव गणेश घिमिरेले बताए ।
 
‘ताला फुटाउने हर्कतप्रति हामी आक्रोशित भएका छौँ ।’ तालाबन्दि पछि जारी विज्ञप्तिमा भनिएको छ  ‘लुकेर ताला फुटाउने हर्कद कुनै सभ्य नागरिकले गर्ने कदम हैन ।’  नेपाल प्रेस युनियन इलाम शाखाका अध्यक्ष तोयानाथ भट्टराई र संघीय प्रेश फोरम इलामका अध्यक्ष ज्ञानु केदेमद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बिप्वल भट्टराई नेतृत्वको नेपाल पत्रकार महासंघ इलाम शाखाप्रति पूर्ण साथ र समर्थन रहने उल्लेख गरिएको छ । साथै सो आन्दोलनलाई कम आँक्ने प्रयास गरिएमा र यसबाट उत्पन्न हुने परिस्थतीको जिम्मेवार पत्रकार महासंघ केन्द्रिय कार्यालय हुने समेत विज्ञप्तिमा उल्लेख छ । 
 
नेपाल प्रेस युनियनले अर्को विज्ञप्ति निकालेर पाँचथरका पत्रकार लवदेव ढुगाना र इलामका प्रेम अधिकारीले पत्रकार महासंघलाई विधिमा हिडाउन सुरु गरेको आमरण अनशन प्रति ऐक्यवद्धता जनाएको छ । सो संगठनले इलाम सहित अधिवेशनको नौटंकी गरिएका शाखाको अधिवेशन रद्ध गर्न र समस्या समाधानको बाटोमा लाग्न पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ