arrow

नयाँ शक्तिका प्रवक्ता भन्छन्–चुनावलाई भाँड्न खोजेका होइनौँ

गर्न खाेज्या के त ?

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
khimlal-news-aa.jpeg

काठमाडौं । नयाँ शक्ति पार्टीले आफुहरुले चुनाव भाँड्न खोजेको नभई चुनावको सुनिश्चितताको लागि दबाब दिन लागेको बताएको छ । विहिबार पार्टी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग मिलेर संयुक्त वक्तव्य जारी गरी चुनाव घोषणाको विरोध गरेपछि मधेसी मोर्चाका नेतासँग सामूहिक छलफल गरी दबाबमुलक कार्यक्रमको प्रस्ताव राखेका छन् ।

पार्टी संयोजक भट्टराईले चुनाव विथोल्ने आन्दोलन गर्ने भनेको नभई निर्वाचन गर्नका लागि दबाब दिन र यो सरकार जुन औचित्यले गठन भएको त्यो औचित्य पुष्टिका लागि दबाब दिन दबाबमुलक कार्यक्रमको प्रस्ताव गरेको पार्टी प्रवक्ता खिमलाल देवकोटाले बताए ।

उनले भने, ‘हो पार्टी कार्यालयमा सामूहिक छलफल भएको हो । चुनाव भाँड्नलाई मधेसी मोर्चाका नेताहरुसँग आन्दोलनको कुरा भएको होइन । निर्वाचनको सुनिश्चितता र सरकार गठनको औचित्य खोज्न दबाबमुलक कार्यक्रम गर्ने प्रस्ताव राखिएको हो ।

बैठकमा सहभागिहरुले पहिले आ–आफ्नो दलभित्र कुराकानी गर्ने र त्यसपछि मात्रै कसरी अघि बढ्ने भन्ने टुंगो लगाउने भनिएको छ ।’ निर्वाचनको वातावरण बनाउने भनेर नै लागिएको हो । हामी निर्वाचनको वातावरण बनाउनका लागि सरकारलाई दबाब दिने भनिरहेका छौं । सरकार गठनका बेला मधेसी मोर्चासँग भएको सहमति र केपी ओली नेतृत्वको सरकार ढाल्दा ल्याएको अविश्वास प्रस्तावलाई प्रमाणित गर्नु पर्दैन र सरकार ले ? देवकोटाले प्रतिप्रश्न गरे ।

संविधान संशोधन गर्ने विषय टुंग्याउनु पर्दैन, उनले भने, ‘हामीले अझै स्थानीय तहको संख्या सीमानाले अन्तिम रुप पाएको छैन । मिति घोषणा गरेर मात्रै हुँदैन । पहिले गर्ने भनिएका काम गरेर मात्र अघि बढ्नु राम्रो हुन्छ भनेका हौँ ।’ हामी चुनाव विरोधी होइनौँ । हामीले त झन् पारदर्शिता र मित्तव्ययीताका लागि तीनै तहको निर्वाचन एकै पटक गरौँ भनेका छौ । स्रोत साधन र समयको बचतका हिसावले यो उपयुक्त हुन्छ, देवकोटाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ