arrow

कलियुग सन्दर्भः श्रीमती हत्यारा डिल्ली र श्रीमान हत्यारा मिम्कोसाले जेलभित्रै गरे अर्को विवाह

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Marriage-..jpg.jpeg
कालीकोट । जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन् । कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो ।
 
कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए ।
 
बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ । सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन् ।
 
जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ । मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो ।’
 
डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ । दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ ।’
 
उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ