arrow

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
japan-nepal.jpeg
जापान । जापान लगायतका मुलुकमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि उद्योग मन्त्रालय र एनआरएनए जापानबीच   द्विपक्षिय सम्झौता भएको छ ।
 
जापान भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रचारप्रसारमा विषेश भुमिका निर्वाह गर्नका लागि लिखित सम्झौता गरेको हो । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा समेतको सहभागितामा भएको सो संझौता पछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार तथा दैनिक उपयोगमा ल्याउन पहल गर्नेछ ।  यसका लागि नेपाल सरकारका तर्फबाट विशेष सहयोग समेत गर्ने प्रतिवद्दता मन्त्री जोशीले  व्यक्त गरे।
 
मन्त्री जोशीले प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सकेमा नेपालका उधोगको विकास तथा रोजगारीको अबसर बढने  धारणा राखेका थिए । नेपालमा संभाव्य स्थानमा घरेलु तथा साना उधोग सहित विश्वबजारमा खपत हुने हरेक प्रकारका उत्पादनको बजार राम्रो रहेको उनले बताए ।
 
एनआरएनए जापानले गरेको पहिलो प्रस्तावमा नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको पहल सकारात्मक रहेको भन्दै उधोगमन्त्री जोशीले उद्योग मन्त्रालय हरेक अवस्थामा सहयोगका लागि तयार रहेको धारणा राखे। 
 
सो अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले एनआरएनएहरूलाई नेपाल सरकारले विशेष अवस्थामा साथ दिदै आएको भन्दै नेपालको पर्यटन प्रवद्धन सहित नेपाली उत्पादनलाई विदेशमा भित्राउन एनआरएनएहरू एकजुट भएर लाग्ने धारणा राखे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ