arrow

महासङ्घमा देखिएको समस्या समाधान गर्न माग

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
FNJ-strike.jpeg
काठमाडौँ, १३ फागुन । लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर आमरण अनशनमा बसेका पत्रकारको जीवन रक्षाको माग गरेको छ । 
 
सदस्यताको विवादलाई दिएर नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष बलदेव ढुङ्गाना र इलाम शाखा सदस्य प्रेम अधिकारी यही फागुन ११ गते बिहान ७ बजेदेखि सञ्चारग्रामस्थित महासङ्घको केन्द्रीय कार्यालयको मूल ढोकामा तालाबन्दीसहित आमशरण अनशन बस्दै आएका छन्  । 
 
“महासङ्घका पत्रकारद्वयले उठाएका माग र आमरण अनशनप्रति समाज ऐक्यबद्धता प्रकट गर्दछ, पत्रकारद्वयले उठाएको माग र आमरण अनशनप्रति महासङ्घको नेतृत्वले बेवास्ता गरेकामा समाज दुःख व्यक्त गर्दछ”– समाजद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ