arrow

व्हाईटहाउसमा सीएनएन, बीबीसी, न्युयोर्क टाईम्स लगायत मिडिया प्रतिबन्ध

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
WhiteHouse_press.jpeg
वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासने प्रमुख मिडियाहरुलाई व्हाईटहाउसको प्रेस सम्मेलनमा प्रवेश नदिने निर्णय गरेपछि विश्वभर तरंग आएको छ। 
 
व्हाईट हाउसका प्रेस प्रमुख सीन स्पाईसरले प्रमुख मिडियाहरुलाई प्रवेश नदिई प्रेस सम्मेलन गरेका छन्। नियमित स्थानमा भन्दा फरक स्थानमा उक्त प्रेस सम्मेलन गरिएको थियो। 
 
राष्ट्रपति ट्रम्पले आलोचना गरेका मिडियाहरु सिएनएन, बीबीसी, द न्युयोर्क टाईम्स, एलए टाईम्स, बजफीड, डेलीमेल लगायत रहेका छन्। प्रवेश पाएका मिडियाहरुमा एबीसी, सीबीएस, एनबीसी, फक्स न्युज, रोयटर्स आदी रहेका छन्। 
 
यसरी मिडियालाई छनौट गर्ने परम्परा प्रजातन्त्र नभएर तानाशाही हो भन्दै बिरोध शुरु भएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मिडियाहरुको ठूलो आलोचक हुन्। उनले आफु बिरुद्ध वोल्ने-लेख्ने मिडियालाई जनताको दुश्मनसम्म भनेका थिए। 
 
उनले 'जनताको दुश्मन' भनेपछिको पहिलो प्रेस मीटमा केही प्रमुख मिडियाहरु माथि नियोजित आक्रमण गरेको छ। प्रेस स्वतन्त्रताका कारण अमेरिकी प्रजातन्त्र बलियो छ भनेर दुनियाभर भन्दै हिड्ने अमेरिका आज आफै प्रेस स्वतन्त्रताको खिलाफ लागेको छ। 
 
के अमेरिकामा अब प्रजातन्त्र माथि खतरा छ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ