arrow

सशस्त्र र आर्मी फाइनलमा

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
aarmy.jpg.jpeg
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब काठमाडौमा जारी प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेका छन् ।  भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा शुक्रबार भएको सेमिफाइनल खेलमा सशस्त्रले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले हरायो । सशस्त्रलाई विजयी गराउन सावित्रा भण्डारी र अनु लामाले एक–एक गोल गरे । भण्डारीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाइन् । लामाले खेलको एक सय १७ औँ मिनेटमा एक गोल थप्दै टोलीलाई जिताइन् ।  
 
त्यस्तै, पुलिसकी खिमकुमारी गुरुङले खेलको पहिलो हाफको २१औँ मिनेटमा एक गोल फर्काउँदै नतिजा १–१ को बराबरीमा ल्याए पनि लय जोगाउन  नसक्दा टोलीले झिनो हार बेहोरेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबीच खेल एक–एकको बराबरी भएपछि, पुनः आधा घन्टाको समय थप भएको थियो । 
 
यस्तै, अर्को सेमिफाइनल खेलमा आर्मीले मध्यमाञ्चल महिला फुटबल टोलीलाई ४–० गोलअन्तरले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको छ । आर्मीका लागि दीपासिंह क्षेत्रीले खेलको १५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । अञ्जली वाइवाले ३५, शर्मिला थापाले ५३ र इन्दिरा राईले ८५औँ मिनेटमा एक–एक गोल गरे । नकआउट नियम अनुसार संचालन भएको प्रतियोगिता विजेताले तीन लाख तथा उपविजेताले एक लाख पाउने छन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५०–५० हजार पाउने छन् । दुई विभागिय टोलीबीचको फाइन खेल आइतबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ