arrow

नेपाल–चीन संयुक्त सैन्य अभ्यास चैतमा, नेपाली सैन्य टोली तयारीका लागि चीनमा

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
nepal-china-flag.jpeg
काठमाडौं । आतंकवादको चुनौतीलाई ध्यान दिदैं चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ ।
 
सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरुप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेट महासेनानी मदन केसी पनि सहभागी छन् ।
 
विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्यअभ्यास गर्न लागेको हो । 
 
अभ्यास चैत दोस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।
 
सेनाले सैन्य कुटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन विभिन्न राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । 
 
नेपाल–चीन संयुक्त अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसीप फर्स्ट’ नाम दिइएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ