arrow

नेपालमा फेरि स्वाइन फ्लु भित्रियो, सतर्कतामा जोड

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
swine-flue.jpg.jpeg
काठमाडौं । नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ । एक हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपाचारको लागि भर्ना भएका एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो अस्पतालबाट जानकारी प्राप्त भएको छ ।
 
उपचारको क्रममा निजलाई परिक्षण गर्दा स्वाइन फ्लुको भाइरस (इन्फ्लुएन्जा ए, एच वान एन वान पीडीएम (९) भेटिएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिए । 
 
स्वाइन फ्लु हुँदा १ सय १ डिग्रीको ज्वरो आउने, सुख्खा खोकी लाग्ने आखाँ रातो हुने, स्वास फेर्दा अप्ठेरो हुने लक्षण देखा पर्ने गर्दछ । 
 
स्वाइन फ्लु लाग्दा बालबालिकामा वान्ता हुने र पखाला लाग्ने लक्षण देखिने गरेको डा पुनले बताए । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ