arrow

पत्रकार महासंघ चुनावः सिन्धुपाल्चोकमा महेश विजयी, युवराज एक मतले पराजित

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
FNJ-logo.jpg.jpeg

मेलम्ची । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशनले सभापतिमा महेश श्रेष्ठलाई जिताएको छ । मंगलबार राति अबेर सम्पन्न मतगणनामा श्रेष्ठले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मतले पराजित गरे । श्रेष्ठले ६० मत पाएकामा पुरीले ५९ मत हासिल गरेका थिए ।

त्यसैगरी, खुला उपाध्यक्षमा ज्ञानेन्द्र तिमल्सिना ७१ , महिला उपाध्यक्षमा दुर्गा आचार्य ६५, सचिवमा दिनेश थापा ६५, खुला सहसचिवमा किशोर बुढाथोकी ७२, समावेशी सहसचिवमा केदार माझी ६८, खुला कोषाध्यक्षमा विदुर गिरी ६१ मतसहित निर्वाचित भएका छन् ।

यस्तै, खुला सदस्यतर्फ आदित्य दाहाल ६०, सुरेश बुढाथोकी ६८, सुन्दर शिरिष ६१ तथा समावेशी सदस्यतर्फ सिर्जना बराल निर्विरोध, जनजातितर्फ नेत्र तामाङ ५७, महिला सदस्यतर्फ कमला तामाङ ५४ मतसहित निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ