arrow

पत्रकार महासंघः मकवानपुरमा हरिप्रसादलाई नेतृत्व, नानीमैया तीन मतले पराजित

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
FNJ-logo.jpg.jpeg

हेटौंडा । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत मकवानपुरमा हरिप्रसाद हुमागाईले नेतृत्व सम्हालेका छन् । जिल्लाको १० औं अधिवेशनले अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेकामा हुमागाईले ४२ तथा निकटतम प्रतिद्धन्द्धी नानीमैया विष्टले ३९ मत ल्याइन् ।

निकै प्रतिस्पर्धात्मक चुनावमा गिरिजा अधिकारीले ३१ मत ल्याए ।

त्यस्तै उपाध्यक्ष खुलामा कुमार पोष्टराज विजयी भएका छन् । उपाध्यक्ष महिलामा सरिता दाहाल, सचिवमा गणेश दर्पण अधिकारी, सहसचिव खुलामा धर्मेन्द्र दहाल, सहसचिव समावेशीमा शुभलक्ष्मी विक, कोषाध्यक्षमा सुदीप शिवाकोटी विजयी भएका छन् ।

त्यस्तै सदस्य जनजातिमा चन्द्रबहादुर घलान र महिला सदस्यमा सरला अधिकारी विजयी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ