arrow

भुईस्याउले बजार नपाएपछि पर्वतका कृषक चिन्तित

logo
रामकृष्ण लामिछाने,
प्रकाशित २०७३ फागुन १८ बुधबार
भुईस्याउ.jpeg
पर्वत । उत्तरी पर्वतका कृषहरुले सुरु गरेको भुईस्याउ खेतीले बजार नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । विगतका वर्षहरुमा देशका मुख्य शहरका साथै कोरियामा समेत निर्यात भएको भुईस्याउ गत वर्षदेखि विक्रि नहुँदा कृषकहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य बनेका हुन् ।
 
 आलु र कोदो खेती गर्दै आएका जिल्लाको उच्च क्षेत्रका कृषकहरु विगत ३ वर्षदेखि भुईस्याउको व्यावसायिक खेती गर्दै आएका थिए । व्यावसायिक रुपमा कृषकहरुले खेती शुरु गरेपछि उत्पादन बृद्दी भएपनि त्यसको विक्रि नहुँदा कृषकहरु समस्यामा परेका हुन् । उत्तरी पर्वतको लेखफाँट, शालिजा, बनौं, क्याङ, देउराली, भुकताङ्ले लगायतका अधिकांस कृषकहरुले यसको ठूलो परिमाणमा व्यवसायिक खेती गरेकाछन् । 
 
कृषहरुले उत्पादन गरेको हजारौं मेट्रिक टन भुईस्याउ विक्रि नभएपछि कुहिएर जाने अवस्थामा पुगेको भन्दै स्थानीय कृषक चिन्तित बनेका हुन् । आलुको भन्दा ५ गुणाबढी उत्पादन हुने र राम्रो बजार मुल्य समेत पाउने आशामा आलु छाडेर भूईस्याउको खेतीमा लागेका कृषकहरु १ हजार रुपैया प्रतिकिलोग्रामको दरले बिऊ खरिद गरेर खेती गरेका थिए । भुईस्याउको खेती जेठमा गरि माघ महिनामा उत्पादन गर्ने गरिन्छ । अहिले घर घरमा भुईस्याऊ खनेर थुपारेको भएपनि बजार नपाउँदा समस्या भएको लेखफाँटका कृषक कृष्णबहादुर रन्तिजाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ