arrow

एमाले नेता राजेन्द्र पाण्डेका भाइले फुटाए नेविसंघका छात्राहरुको टाउको

एकको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७३ फागुन १८ बुधबार
dhading_tauko.jpeg
काठमाडौं । एमाले नेता एवम धादिङ क्षेत्र नं ३ का सासंद् राजेन्द्र पाण्डेका भाइले ढुगां हानेर ने.वि.संघ र क्रान्तिकारीका ३ कार्यकर्तालाई गम्भीर घाइते बनाएका छन् । जयवागेश्वरी क्याम्पस मलेखु, धादिङको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा आपसी विवाद बढ्दा नेता पाण्डेका भाइ उपेन्द्र पाण्डेले तीन छात्रामाथि आक्रमण गरेका हुन् । 
 
घाइते हुनेमा क्रान्तिकारीकी सुजता भट्ट र नेविसंघकी छात्राद्वय पार्वती सेडाई, र सुस्मीता रुपाखेती छन् । घाइतेलाई उपचारकालागि काठमाडौं ल्याईएको छ । 
 
Image may contain: one or more people, people sitting, people sleeping and indoor
 
स्ववियु निर्वाचनका विषयमा भएको विवादका कारण ने.वि.सघं र कान्तीकारीको संयुक्त प्यानलले मंगलवार नै क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्यानलसँग सल्लाह नै नगरी अनेरास्ववियु र क्याम्पस प्रसासनले आफुखुशी ताला फोड्न खाजेको र त्यसको  विरोध गर्दा अनेरास्ववियुले आफुमाथि नै ढुंगा प्रहार गरेको ने.वि.संघका नेता राजकुमार पाठकले जानकारी दिए । झडप पछि सो क्याम्पसमा गर्न लागिएको निर्वाचन स्थगित गरिएको छ । 
 
Image may contain: one or more people and people sleeping
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ